गृह पृष्ठ

हाम्रो परिचय

उद्धेश्यहरु

कार्यहरु

नागरिक वडापत्र

संगठन तालिका

संघ/संस्थाहरुका विवरण

कानूनी प्रावधान

प्रकाशित सामाग्रीहरु

कर्मचारी विवरण

अन्य लिंकहरु

सल्लाह सुझाव

डिभिजन सहकारी
कार्यालयको उद्देश्यहरु

• सहकारिताको माध्यमबाट आर्थिक सामाजिक तथा साँस्कृतिक रुपले पिछडिएका वर्गको उत्थान गर्ने ।
  विष्तृत

डिभिजन सहकारी कार्यालय, रुपन्देही
फोन +९७७-०७१-५२०१८६

फ्याक्स +९७७-०७१-५२०१८६
ईमेल dcor@wlink.com.np

वेव www.dcor.gov.np

 

सहकार्यको माध्यमबाट देशको र्सवपक्षिय विकास गर्नका लागि सहकारीताको विकास र विस्तारमा जोड दिनुपर्ने देखिन्छ । नेपालमा यस क्षेत्रलाई अगाडि बढाउन विगत पाँच दशक देखि संस्थागत, नीतिगत एवं कार्यगत प्रयास हुदै आएको छ । वि.स. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालय अन्तगर्त सहकारी बिभागको स्थापनालाई यसको शुरुवातको संस्थागत प्रारुपको रुपमा लिइन्छ । तत्पश्चात यस अन्तगर्त जिल्ला स्तरमा कार्य संचालन गर्न वि.स.२०२२ सालमा जिल्ला सहकारी कार्यालय रुपन्देहीको स्थापना भएको हो । साँगठनिक संरचनाको फेरबदल संगै २०६१ बैसाख १ गतेदेखि साविकको नाममा परिवर्तन भई डिभिजन सहकारी कार्यालय रुपन्देही कायम रही यसले जिल्लाभरीको समग्र सहकारी संस्था तथा क्षेत्र विकासमा योगदान पुरयाउदै आएकोछ । विष्तृत

के तपाई कुनै सहकारी संस्थाको दैनिक, साप्ताहिक, मासिक वा अन्य कुनै बचत कार्यक्रममा सहभागी भई नियमित बचत गर्दे हुनुहुन्छ ? हुनुहुन्छ भने निम्न कुराहरुमा अवश्य ध्यान दिनुहोला ।

  • तपाईले बचत गरिरहनु भएको संस्था डिभिजन सहकारी कार्यालयमा दर्ता भएको छ वा छैन र उक्त संस्थाले बचत संकलन गर्ने कानूनी अधिकार पाएको छ वा छैन ? दर्ता नभएको वा बचत र ऋणको कारोबार गर्ने स्वीकृती नपाएको सहकारी संस्थाले बचत संकलन गर्नु गैर कानूनी हुनजान्छ ।

  • तपाईले बचत गरिरहनु भएको संस्थाको सदस्यता प्राप्त गरी शेयर प्रमाणपत्र पाउनुभएको छ वा छैन - शेयर सदस्य नभएको व्यक्तिले सहकारी संस्थामा बचत गर्न कानुनतः पाइदैन । विष्तृत

 
 

©  Division Cooperative Office, Rupandehi    |    Design & Hosting: Lumbini ICT Park