गृह पृष्ठ

हाम्रो परिचय

उद्धेश्यहरु

कार्यहरु

नागरिक वडापत्र

संगठन तालिका

संघ/संस्थाहरुका विवरण

कानूनी प्रावधान

प्रकाशित सामाग्रीहरु

कर्मचारी विवरण

अन्य लिंकहरु

सल्लाह सुझाव

डिभिजन सहकारी
कार्यालयको उद्देश्यहरु

• सहकारिताको माध्यमबाट आर्थिक सामाजिक तथा साँस्कृतिक रुपले पिछडिएका वर्गको उत्थान गर्ने ।
• स्थानीयस्तरमा रहेका स्रोत साधन प्रविधिको सदुपयोग गरी स्थानीय जनतामा स्वतन्त्र, आत्मनिर्भर, उत्तरदायी तथा निर्णयात्मक क्षमताको विकास गरी आफनो व्यवस्थापन आफै गर्न सक्षम तुल्याउने ।
  विष्तृत

डिभिजन सहकारी कार्यालय, रुपन्देही
फोन +९७७-०७१-५२०१८६

फ्याक्स +९७७-०७१-५२०१८६
ईमेल dcor@wlink.com.np

वेव www.dcor.gov.np

 

नेपाल सरकार, कार्यविभाजन नियमावली, २०६४ मा कृषि तथा सहकारी मन्त्रालयको कार्यहरु छुट्टयाइएको छ । ती कार्यहरु मध्ये सहकारी सम्बन्धी कार्यमा नीतिगत सहयोग तथा कार्यान्वयनमा पूर्णता दिन सो मन्त्रालय अन्तर्गत सहकारी विभागको स्थापना गरिएको छ । सहकारी विभागलाई प्राप्त जिम्मेवारीहरु पुरा गर्ने गरी नेपाल राज्यका ३८ प्रशासनिक जिल्लामा प्रशिक्षण केन्द्र तथा डिभिजन सहकारी कार्यालयहरु स्थापना गरी स्थानीय स्तरका कार्यहरु सम्पादन हुँदै आएका छन् । डिभिजन सहकारी कार्यालय, रुपन्देही तिनै कार्यालयहरु मध्येको एउटा कार्यालय हो ।

सहकार्यको माध्यमबाट देशको सर्वपक्षिय विकास गर्नका लागि सहकारिताको विकास र विस्तारमा जोड दिनुपर्ने देखिन्छ । नेपालमा यस क्षेत्रलाई अगाडि बढाउन विगत पाँच दशक देखि संस्थागत, नीतिगत एवं कार्यगत प्रयास हुदै आएको छ । वि.स. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालय अन्तगर्त सहकारी बिभागको स्थापनालाई यसको शुरुवातको संस्थागत प्रारुपको रुपमा लिइन्छ । तत्पश्चात यस अन्तगर्त जिल्ला स्तरमा कार्य संचालन गर्न वि.स.२०२२ सालमा जिल्ला सहकारी कार्यालय रुपन्देहीको स्थापना भएको हो ।

साँगठनिक संरचनाको फेरबदल संगै २०६१ बैसाख १ गते देखि साविकको नाममा परिवर्तन भई डिभिजन सहकारी कार्यालय रुपन्देही कायम रही यसले जिल्लाभरिको समग्र सहकारी संस्था तथा क्षेत्र विकासमा योगदान पुर्‍याउदै आएको छ ।

 
 

©  Division Cooperative Office, Rupandehi    |    Design & Hosting: Lumbini ICT Park