• सहकारिताको माध्यमबाट आर्थिक
सामाजिक तथा साँस्कृतिक रुपले पिछडिएका वर्गको उत्थान गर्ने ।
• स्थानीयस्तरमा रहेका स्रोत साधन प्रविधिको सदुपयोग गरी स्थानीय जनतामा
स्वतन्त्र, आत्मनिर्भर, उत्तरदायी तथा निर्णयात्मक क्षमताको विकास गरी
आफनो व्यवस्थापन आफै गर्न सक्षम तुल्याउने ।
विष्तृत
डिभिजन सहकारी कार्यालय,
रुपन्देही
फोन +९७७-०७१-५२०१८६
डिभिजन सहकारी कार्यालय,
रुपन्देहीबाट
सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको जरुरी सूचना
यस जिल्लामा सञ्चालित कतिपय सहकारी संघ/संस्थाहरुले
नियमित रुपमा यस कार्यालयमा पठाउनु पर्ने प्रतिवेदनहरु
नपठाएको तथा सहकारी ऐन, नियम र सिद्धान्त अनुसारका
जिम्मेवारीहरुको पुर्णतः पालन नगरेको कारणबाट यस
कार्यालयको तथ्याङ्क व्यवस्थापनको कार्यमा असुविधा
पुग्न गएको तथा सहकारी संघ/संस्थाको विश्वशनियतामै आँच
पुग्न सक्ने सर्न्दर्भमा यस जिल्लामा सञ्चालित
सम्पुर्ण सहकारी संघ/संस्थाहरुले निम्न अनुसारका
व्यवस्थाहरु कर्डाईका साथ पालना गर्नु हुन सूचित
गरिन्छ ।
-१) मासिक रुपमा यस कार्यालयमा पठाउनु पर्ने प्रगति
विवरणहरु नियमित रुपमा पठाउने । पटक पटकको सूचनाको
बावजुद पनि कतिपय सहकारी संघ संस्थाहरुको मासिक प्रगति
विवरण हालसम्म पनि नियमित रुपमा प्राप्त हुने नगरेकोले
त्यस्ता संघ संस्थाहरुले अब उप्रान्त नियमित रुपमा
प्रगति प्रतिवेदन पठाउने नगरेमा सहकारी ऐन २०४८ को दफा
४३ अनुसार कारवाही हुने व्यहोरा समेत यसै सूचना द्धारा
सुचित गरिन्छ ।
-२) आर्थिक वर्षसमाप्त भएको ६ महिना -पौष मसान्त)
भित्रै संस्थाको वाषिर्क साधारण सभा सम्पन्न गरी उक्त
सभाबाट भएको निर्णयहरुको प्रमाणित प्र्रतिलिपि यस
कार्यालयमा पठाउनु पर्ने हुदा सो अनुसार समयमै साधारण
सभा सम्पन्न गरि निर्णयको प्रतिलिपि पठाउने । कतिपय
सहकारी संघ संंस्थाहरुले हाल सम्म पनि आ.व. ०६१।०६२ र
०६२।०६३ को साधारण सभा गरेको नपाइएको हुदा त्यस्ता संघ
संस्थाहरुले अविलम्व साधारण सभा सम्पन्न गरी निर्णयको
प्रतिलिपि यस कार्यालयमा अविलम्व पठाउने ।
-३) लेखापरीक्षक नियुक्त गर्दा यस कार्यालयमा सूचीकृत
भएका लेखापरीक्षकहरु मध्येबाट यस कार्यालयको स्विकृती
लिएर मात्र गर्ने र लेखापरीक्षणको कार्य आर्थिक
वर्षसमाप्त भएको ३ महिना -आश्विन) भित्र गर्राई त्यसको
प्रतिवेदन साधारण सभाले अनुमोदन गरे पश्चात यस
कार्यालयमा पठाउनु पर्नेमा कतिपय संस्थाहरुको आ.ब.०६१।०६२
देखिको लेखा परीक्षणको प्रतिवेदन हालसम्म पनि प्राप्त
नभएकोले त्यस्ता संस्थाहरुले अविलम्व बाकी आ.ब.देखि र
आ.ब.०६२।०६३ को लेखा परीक्षणको प्रतिवेदन समेत समयमै
पठाउने ।
-४)वाषिर्क साधारण सभामा बढी भन्दा बढी सदस्यहरु
उपस्थित हुने वातावरण वनाउने र उपस्थित सदस्यहरुले
प्रस्तावहरु माथि व्यापक छलफल गरेर मात्र
निर्ण्र्ाागर्ने ।
-५) सदस्यहरुले सञ्चालक समिति र कर्मचारीका क्रियाकलाप
माथि निगरानी राखी सहकारी सिद्धान्त, कानून र संस्थाको
विनियमको पालना गर्न दवाव दिने ।
-६) सहकारी ऐन, २०४८ को दफा ३४ बमोजिम का विवरणहरु
आर्थिक वर्षसमाप्त भएको ३ महिना - असोज मसान्त ) भित्र
यस कार्यालयमा पठाउने ।
-७) आफ्ना सदस्यहरु भित्र मात्र कारोवारलाई केन्द्रित
गर्ने व्यवस्थालाई पर्णतः पालना गर्ने ।
-८) आफ्नो हरहिसावको अभिलेख सहकारीका ४ खाताहरु -आम्दानी,
खर्च, सम्पत्ति र दायित्व खाताहरु) मा अद्यावधिक गरी
राख्ने र सहकारी नियमावली, २०४९ को नियम २१-१) मा
तोकिएका अभिलेखहरु अद्यावधिक रुपमा राख्ने ।
-९) सहकारी ऐन, नियम र आफ्नो विनियमको पर्ूण्ा पालना
गरी वित्तिय अनुशासन कायम गर्ने।
-१०) संस्था वा संघको बेरुजु रकम लेखापरीक्षण भएको
लगत्तै पछिको आर्थिक वर्षभित्र नियमित गर्राई सक्ने
-११) सहकारी शिक्षा कोषमा रहेको रकमलाई आफ्ना सदस्य र
कर्मचारीहरुलाई शिक्षा र तालिम दिने कार्यमा उपयोग
गर्ने ।
१२) संघ/संस्थाले प्रत्येक वर्षो वाषिर्क कार्यक्रम र
बजेट साधारण सभाबाट स्विकृत गराएर उक्त बजेट र
कार्यक्रमको अधीनमा रही कारोवार सञ्चालन गर्ने ।
१३) एउटै व्यक्ति एउटै कार्य क्षेत्र भित्रको समान
प्रकृतिको एक भन्दा बढी सहकारी संस्थाहरुको सदस्य बन्नु
बनाउनु सहकारी सिद्धान्तको प्रतिकूल हुने हुदा त्यस
तर्फसचेत रहने ।