गृह पृष्ठ

हाम्रो परिचय

उद्धेश्यहरु

कार्यहरु

नागरिक वडापत्र

संगठन तालिका

संघ/संस्थाहरुका विवरण

कानूनी प्रावधान

प्रकाशित सामाग्रीहरु

कर्मचारी विवरण

अन्य लिंकहरु

सल्लाह सुझाव

डिभिजन सहकारी
कार्यालयको उद्देश्यहरु

• सहकारिताको माध्यमबाट आर्थिक सामाजिक तथा साँस्कृतिक रुपले पिछडिएका वर्गको उत्थान गर्ने ।
• स्थानीयस्तरमा रहेका स्रोत साधन प्रविधिको सदुपयोग गरी स्थानीय जनतामा स्वतन्त्र, आत्मनिर्भर, उत्तरदायी तथा निर्णयात्मक क्षमताको विकास गरी आफनो व्यवस्थापन आफै गर्न सक्षम तुल्याउने ।
   विष्तृत

डिभिजन सहकारी कार्यालय, रुपन्देही
फोन +९७७-०७१-५२०१८६

फ्याक्स +९७७-०७१-५२०१८६
ईमेल dcor@wlink.com.np

वेव www.dcor.gov.np

 

सहकारी संस्थाका बचतकर्ताहरुलाई
डिभिजन सहकारी कार्यालय, रुपन्देहीको अनुरोध

के तपाई कुनै सहकारी संस्थाको दैनिक,साप्ताहिक, मासिक वा अन्य कुनै बचत कार्यक्रममा सहभागी भई नियमित बचत गर्दे हुनुहुन्छ - हुनुहुन्छ भने निम्न कुराहरुमा अवश्य ध्यान दिनुहोला ।

  • तपाईले बचत गरिरहनु भएको संस्था डिभिजन सहकारी कार्यालयमा दर्ता भएको छ वा छैन र उक्त संस्थाले बचत संकलन गर्ने कानूनी अधिकार पाएको छ वा छैन ? दर्ता नभएको वा बचत र ऋणको कारोबार गर्ने स्वीकृती नपाएको सहकारी संस्थाले बचत संकलन गर्नु गैर कानूनी हुनजान्छ ।

  • तपाईले बचत गरिरहनु भएको संस्थाको सदस्यता प्राप्त गरी शेयर प्रमाणपत्र पाउनुभएको छ वा छैन ? शेयर सदस्य नभएको व्यक्तिले सहकारी संस्थामा बचत गर्न कानुनतः पाइदैन ।

  • तपाईले बचत गरिरहनु भएको संस्थाको संचालक लगायत अन्य सदस्यहरुलाई राम्रोसंग चिन्नु भएको छ वा छैन ? सहकारी संस्थाका सदस्यहरुले एक अर्कालाई राम्रोसंग चिन्नु जरुरी छ ।

  • तपाईले बचत गरिरहनु भएको संस्थाको साधारण सभाहरुमा तपाईलाई आमन्त्रण गरिन्छ कि गरिदैन ? तपाईलाई पनि साधारण सभाको सुचना दिई आमन्त्रण गरिनु जरुरी हुन्छ र तपाई जस्ता सदस्यहरुको साधारण सभामा सक्रिय सहभागीताबाट नै सहकारी संस्थाहरुमा आन्तरिक नियन्त्रणको पद्धति मजबुत हुन्छ ।

  • तपाईले बचत गरिरहनु भएको संस्थाको साधारण सभामा तपाईलाई मतदान गर्ने अधिकार प्राप्त हुन्छ वा हुदैन ? सहकारी संस्थामा प्रत्येक सदस्यलाई साधारण सभामा मतदान गर्ने बराबर अधिकार रहन्छ ।

  • तपाईले बचत गरि रहनु भएको संस्थाले तपाईलाई पासबुक उपलव्ध गराएको छ वा छैन ? बचत संकलन गर्नु पूर्व संस्थाले तपाईलाई पासबुक उपलव्ध गराउनु जरुरी हुन्छ र उक्त पासबुक अद्यावधिक गराएर राखी रहनु पर्दछ ।

  • तपाईले बचत गरिरहनु भएको संस्थाले आफुले गरेका महत्वपूर्ण गतिविधिहरुको बारेमा तपाईलाई सुसुचित गराउने गरेको छ वा छैन ? प्रत्येक सहकारी संस्थाले आफ्ना क्रियाकलापहरुको बारेमा सदस्यहरुलाई जानकारी गराई पारदर्शीता कायम गर्नु जरुरी हुन्छ ।

  • तपाईले बचत गरिरहनु भएको संस्थाको कार्यक्षेत्र भित्र तपाई पर्नुहुन्छ कि हुँदैन ? सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र बाहिर गै बचत संकलन गर्नु गैर कानूनी हुन्छ ।

  • तपाईले बचत गरिरहनु भएको संस्थाले आर्जन गरेको मुनाफाको वितरणमा तपाईलाई सहभागी बनाइन्छ कि बनाइदैन ?  सहकारी संस्थाले आर्जन गरेको मुनाफामा सबै सदस्यहरुको न्यायोचित हक रहेको हुन्छ ।

उपरोक्त्त बिषयहरुमा तपाईको सचेतना र सक्रियताले सहकारी संस्थाहरुलाई गलत मार्गतिर जानबाट रोक्नमा र तपाईको बचतलाई सुरक्षित राख्नमा योगदान पुर्‍याउन सक्दछ ।

 

========================================================

 
 

©  Division Cooperative Office, Rupandehi    |    Design & Hosting: Lumbini ICT Park